ताजा खबर News

प्रधानमन्त्रीले भने- ‘तपाईहरुका कुरा सुनें, मन्त्री र सचिवसँग छलफल गर्छु’

प्रधानमन्त्रीले भने- ‘तपाईहरुका कुरा सुनें, मन्त्री र सचिवसँग छलफल गर्छु’

PM

भदौ १३ । शिक्षा ऐन आठौं संशोधनले अस्थायी शिक्षकका समस्या सम्बोधन नगरेको भन्दै अस्थायी शिक्षकका प्रतिनिधिहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा प्रतिनिधिहरुले अस्थायी शिक्षकलाई औषधि उपचार र उपदानको व्यवस्था गर्न, अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतियोगितामा सहभागी हुने व्यवस्था गर्न र शिक्षा ऐन पून संशोधन गरेर आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले, ‘तपाईहरुका कुरा सुनें । यसबारे शिक्षा मन्त्री र शिक्षा सचिवसँग थप छलफल गर्नेछु ।

PM Nepal

विशेष