News

आकाशमा उडिरहेको ड्रोन प्रहरीको नियन्त्रणमा

आकाशमा उडिरहेको ड्रोन प्रहरीको नियन्त्रणमा
Drone Camera in bhaktapur भदौ–१३ । आकाशमा उडाइरहेको ड्रोन ललितपुरस्थित सोनेपामा प्रहरीले नियन्त्रणमा लिएको छ । बजाज मोटरसाइकलको रियालिटी शो सुटिङ भइरहेको अवस्थामा प्रहरीले ड्रोन नियन्त्रणमा लिएको हो । प्रहरीले काठमाडौंका ३२ वर्षीय सगुन शेर्पालाई नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले थप कारबाहीका लागि नागरिक उड्डन प्राधिकरणमा पठाएका छन् । पछिल्लो समय नेपालमा ड्रोन उडाउन निषेध गरिएको छ । प्रमुख जिल्ला अधिकारी सिडिओको अनुमति लिएर मात्र अत्यावश्यक प्रयोजनका लागि ड्रोन उडाउन पाइन्छ ।

drone drone in bhaktapur

विशेष