
भदौ–१३ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आफ्नो खेलमा लगातार तेस्रो जित दर्ता गरेको छ ।
लिगमा आइतबार भएको खेलमा वेष्ट ह्यामलाई ३–१ ले हराएर म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । सिटीको जितमा रहिम स्टर्लिङले दुई तथा फरनानडिन्होले एक गोल गरेका छन् ।
सिटीले लिगको पहिलो खेलमा सन्डरल्याण्डलाई २–१ तथा दोस्रो खेलमा स्टोक सिटीलाई ४–१ ले हराएको थियो । लगातार तीन खेल जितका म्यानचेस्टर सिटी, चेल्सी र म्यानचेस्टर युनाइटेड अंक तालिकाको शीर्ष तीन स्थानमा छन् ।
English Primiar Leauge
football
manchester city