News

प्रधानमन्त्री र युएनडिपीका प्रतिनिधि भलेरिया जुलिएण्डबीच भेटबार्ता

प्रधानमन्त्री र युएनडिपीका प्रतिनिधि भलेरिया जुलिएण्डबीच भेटबार्ता
prachanda-nepalaaja भदाै - १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री र संयुक्त राष्ट्र संघीय आवासीय संयोजक तथा युएनडिपीका आवासीय प्रतिनिधि भलेरिया जुलिएण्डबीच भेटबार्ता भएको छ । सोमबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा जुलिएण्डले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै समसामयिक राजनीति र सरकारका योजनाबारे चासो राखेका थिए । भेटमा प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघले गरेको सहयोगको प्रशंसा गर्नुभएको उहाको नीजी सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री दाहालले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पपछिको पूनर्निर्माण र नवनिर्माण, सुशासन र राहत, ठूला प्रोजेक्टहरुको सञ्चालन र समृद्धिको जग बसाल्न नयाँ सरकार क्रियाशील भएको समेत बताएका थिए ।

Atul Khare Pradhanmantri Puspakamal Dahal UN UNDP

विशेष