विदेश

युवक बिजुलीको तारमा झुन्डिएपछि ....

युवक बिजुलीको तारमा झुन्डिएपछि ....
Bijuli ko pol-hariभदौ – १३ । भारतको उत्तराखण्डको नैनीताल जिल्लामा आइतबार एक मानसिक गडबडी भएका युवक बिजुलीको तारमा झुन्डिएर हिडेका छन् । उक्त युवकको नाम हरि चन्द्र बवाडी रहेको छ जसको उमेर २८ वर्ष रहेका छ । जब ती युवक बिजुलीको तारमा झुन्डिएको थियो तब स्थानीय बासी आत्तिएका थिए । त्यसको लगत्तै स्थानीय बासीले उक्त खबर प्रहरी प्रशासनमा गरेका थिए । प्रहरी विभागले बिजुली विभागलाई तुरुन्त लाइन काट्न लगाएको थियो । उता हरि भने बिजुलीको तारबाट यता र उता गर्दै थियो । त्यसपछि प्रहरीले बडो मुस्किलका साथ उसलाई तारबाट झारेको थियो । उक्त युवकलाई अहिले प्रहरी प्रशासनमा राखिएको छ । हरिले आइतबार बिहान छाउनी क्षेत्रमा एक खुट्टाले बिजुलीको खम्बामा चढेको र पुलिसकोे मदतले उनलाई तल झारिएको थियो । उनका पिताका अनुसार हरि मानसिक रुपमा पीडित पनि रहेका छन् ।

Bijuliko Tar Nainital Uttarakhand

विशेष