विदेश

यमनमा आत्मघाती बम विस्फोट, ४० को मृत्यु

यमनमा आत्मघाती बम विस्फोट, ४० को मृत्यु
Bumb Blast भदौ–१३ । दक्षिणी यमनमा आत्मघाती बम विस्फोटमा परी कम्तिमा ४० जनाको मृत्यु भएको छ । दक्षिणी यमनको अदन शहरमा सेनाको एक ब्यारेकमा उक्त बम विस्फोड गराइएको थियो । अधिकारीहरुका अनुसार आक्रमणकारीहरुले विस्फोटक पदार्थले भरिएको कार सरकार समर्थक सैनिक बसेको एक ब्यारेकको मुख्यालय नजिकै घुसाइदिएका थिए । पपुलर रेजिस्टेन्स नामक समूहले पछिल्ला वर्षमा अदन शहरबाट हूती विद्रोहीहरुलाई लखेट्न मदत गर्दै आएको छ । साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेना यमनको सरकारको समर्थनमा विद्राहीलाई त्यहाँबाट बम हमला गरिरहेको छ ।

bomb blast Yaman bomb blast

विशेष