News

प्रधान सेनापति क्षत्री र सयुक्त राष्ट्र संघीयका प्रतिनिधि अतुल खरेबीच भेटवार्ता

प्रधान सेनापति क्षत्री र सयुक्त राष्ट्र संघीयका प्रतिनिधि अतुल खरेबीच भेटवार्ता
भदाै - १३ । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्री र सयुक्त राष्ट्र संघीयका फिल्ड सपोर्ट विभागका सहसचिव अतुल खरेबीच जंगी अड्डामा भेटवार्ता भएको छ । Atul Khare भेटवार्ताका क्रममा खरेसंग संयुक्त राष्ट्र संघको अनुरोधमा नेपाली सेनाले विश्व शान्तिको लागि पु¥याउँदै आएको बहु–आयामिक योगदान र आगामी दिनहरुमा गरिने सहयोग एवम् सहकार्यका क्षेत्रहरुलाई कसरी विस्तार गर्ने र नेपालमा शान्ति सुरक्षाको विद्यमान बस्तुस्थितिका सम्बन्धमा छलफल भएको थियो । त्यसैगरी, उनले द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा नेपाली सेनाले खेलेको अग्रणी भूमिकाको लागि प्रशंसा सहित विशेष धन्यवाद ज्ञापन गरेका थिए । उनी गत आइतबार नेपाल भ्रमणको लागि आई आएका थिए । नेपाल बसाईको क्रममा उनले राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय रक्षामन्त्री, माननीय परराष्ट्र मन्त्री, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक एवं सशस्त्र प्रहरी महानिरीक्षकसंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमण सम्पन्न गरी मंगलबार फिर्ता हुने कार्यक्रम रहेको छ ।

Atul Khare Nepal Army rajendra chhettri

विशेष