
भदाै - १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबारका दिन अर्घाखाँचीमा भएकाे जीप दुर्घटना प्रति दुःख व्यक्त गरिन् ।
हंशपुर गाविस, रतनमारेमा यात्रुवाहक जिप दुर्घटना हुँदा ११ जनाकाे ज्यान गएकाे र केही व्यक्तिहरु घाइते भई भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकाे राष्ट्रपतिकाे कार्यलयले जनाएकाे छ । पछिल्लो समयमा भएका यस्ता दुःखद् दुर्घटनाको निरन्तरताले सबैलाई त्रसित र मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ । ।
राष्ट्रपतिले दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिहरुको मृतआत्माहरुको चीरशान्तिको कामना गर्दै शोकसंतप्त परिवारजनप्रति भावपूर्ण समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेकि छन् ।
Arghkhachi road accident
bidhydebi bhandari
Rastrapati