विदेश

भारतमा छोटा कपडा लगाएर हिँड्न रोक

भारतमा छोटा कपडा लगाएर हिँड्न रोक
no short skite in india भदौ–१३ । भारतमा घुम्न आउने विदेशी महिला पर्यटकलाई आफ्नो सुरक्षाका लागि छोटा कपडा र स्कर्ट नलगाउन भारतका केन्द्रिय संस्कृति एवं पर्यटन मन्त्री महेश शर्माले सुझाव दिएका छन् । केहीसमय यता भारतमा बलात्कारका घटना बढेसँगै पत्रकारसँग कुराकानी गर्दै मन्त्री शर्माले विदेशी महिला पर्यटकलाई स्कर्ट नलगाउन र रातिको समयमा एक्लै बाहिर ननिस्कन पनि भनेका छन् । केही समय अघि दिल्लीको जामिया नगर इलाकामा बस्ने विदेशी महिलालाई केही व्यक्तिहरुले सामूहिक बलात्कार गरेपछि मन्त्री शर्मा यस्तो सुझाव दिएका हुन् । पीडित महिलाले प्रहरीलाई दिएको बयानका अनुसार उनलाई आँखामा पट्टी बाधेर ती पुरुषले दिल्ली बाहिर लगेको र २५ जना पुरुषको समूहले सामूहिक बलात्कार गरेको उल्लेख छ । प्रहरीले गराएको मेडिकल जाँचबाट पनि महिलामाथि बलात्कार भएको पुष्टि छ । भारतमा सामूहिक बलात्कारका घटना नियन्त्रणमा ल्याउन पनि मन्त्री शर्माले विदेशी महिला पर्यटकलाई स्कर्ट र छोटो कपडा पहिरिएर बाहिर नघुम्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

India no short skate in india

विशेष