विदेश

चट्याङ लागेर ३ सय २३ बाह्रसिंगे हरिण मरे

चट्याङ लागेर ३ सय २३ बाह्रसिंगे हरिण मरे
भदाै - १३ । नर्वेको जंगली इलाकामा परेको चट्याङले एकैपटक ३ सय २३ हरिण मरेको अमेरिकाबाट प्रकाशित टाइम म्यागजिनले उल्लेख गरेको छ । नर्वेको दक्षिणी क्षेत्रमा रहेको हारडानगेरभिड्डा पठारमा गत शुक्रवार उक्त घटना भएको थियो । नर्वेजियन वातावरिणय एजेन्सीलाई उधृत गरिएको समाचारमा आँधीको समयमा सबै बाह्रस्रिगे हरिण झुण्ड बनाएर एकै ठाउँमा बसेका कारण यति ठूलो क्षति भएको हो । मृत्यु भएका हरिणमा ७० साना पाटापाठी थिए । जंगलको निरीक्षणका क्रममा भेटिएका ति हरिणको झुण्डमा बाँचेका पाँचवटा जनावर घाइते भएकाले तिनलाई पनि मृत्युदान गर्नु परेको उक्त पत्रिकाले जनाएको छ ।

red dear

विशेष