News

राष्ट्रपतिसमक्ष ४ देशका राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेश

राष्ट्रपतिसमक्ष ४ देशका राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेश
भदाै - १३ । सोमबार राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमकक्ष नेपालका लागि श्रीलंका इक्वेडर गणतन्त्र स्लाेभेनिया माैरिससका राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् । Rajdut उक्त समारोहमा परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत, प्रधान सेनापति श्री राजेन्द्र क्षत्री, राष्ट्रपतिको कार्यालयका सचिव श्री भूपेन्द्रप्रसाद पौड्याल, परराष्ट्र मन्त्रालयका सचिव श्री शंकारदास वैरागी लगायत नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । Rajdut 1 rajdut 2 rajdut 3 rajdut 4

bidhya debi bhandari Rajdut

विशेष