News

अब बुबाको जीवनलाई शुभकामना चाहिएको छ

अब बुबाको जीवनलाई शुभकामना चाहिएको छ
भदाै - १३ । हामी असोज १ मा अमेरिका जान्छौं होला । बुबा, म, बहिनी र क्याप्टेनसाप गरी चार जना जाने हो । टिकटमा कुरा मिलेको छैन । सरकारले बुबालाई बिजनेस क्लासको र हामी तीनलाई इकोनोमी क्लासको टिकट दिने निर्णय गरेको छ । लामो यात्रा भएकाले बहिनीलाई सम्म भएपनि बुबासँगै बस्ने टिकट दिए हुन्थ्यो भन्ने आग्रह छ । rambaran-yadav लामो यात्रा गर्दा बुबा एक्लै पर्नुहुन्छ । बिरामीको मनोविज्ञानको कुरापनि हो । उहाँलाई साथी चाहिन्छ । हामी रमाउन जान लागेको होइन । हामी मात्रै भए त ट्रेनको डिब्बामा बसेर पनि गइहाल्थ्यौं । सरकारले उपचार खर्च सबै बेहोर्ने र तत्कालका लागि ३५ हजार डलर अर्थात झण्डै ३५ लाख दिने निर्णय गरेको छ । यो रकम हामीले अस्पतालमा बुक गर्नका लागि हो । अस्पतालसँग सल्लाह गर्दा झण्डै ६५ हजार डलर लाग्नसक्ने अनुमान छ । थपघट हुन सक्छ । हामी चण्डीगढबाट फर्केका हौं । म, बुबा र मेरो म्याडम सबै चण्डीगढ मेडिकल इन्स्चिच्युटमा पढेका हौँ । त्यसैले पनि हामी त्यहाँ गएका थियौँ । बुबालाई प्रोटेस्ट ट्युमर भएको हो । मुत्र थैली र मुत्र नली जोड्ने भागमा रहेको ग्रन्थीमा ट्युमर भएको हो । यसलाई प्रोटेस्ट क्यान्सरपनि भनिन्छ । पहिलो चरणमै पत्ता लागेकाले उहाँ उपचारपछि सामान्य अवस्थामा फर्किनुहुनेछ । यसको उपचार नेपालमा पनि हुन्छ । तर, पछिल्लो प्रविधि अर्थात कम्पुटर विधिबाट उपचार नहुंने भएकाले उत्कृष्ट उपचार हुँने ठाँऊमा जान खोजिएको छ । बुबा ७४ बर्षको हुनुहुन्छ । पूर्वराष्ट्रपति पनि हो । त्यसैले अन्यत्र उपचार गर्दा जोखिम हुनसक्छ भनेर अमेरिका जान लागिएको हो । [caption id="attachment_23237" align="alignnone" width="780"]posture gald प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहने ग्रन्थि हो ।[/caption] हामी डेट्रोइट भन्ने ठाऊँमा रहेको हेनेरी फोर्ड यूरोलोजी इन्स्टिच्युटमा जान लागेका हौँ । हामी अस्पतालमै बस्ने छौँ । बाहिर बस्दा यातायात र होटेल खर्च बढी लाग्ने भएकाले हामीले त्यस्तो व्यवस्था मिलाउन लागेका हौँ । हामी घुम्न जान लागेका होइनौँ । त्यसैले हामी सचेत छौँ । बुबाको उपचारका लागि कम्तिमा पनि १ महिना लाग्छ । अस्पतालले ४ देखि ६ हप्ता लाग्ने भनेको छ । म चाहीँ व्यवस्थापन गरेर फर्किन्छु होला । बुबा एउटा बिरामी भएकाले उहाँलाई सुभकामनाको खाँचो छ । पूर्वराष्ट्रपति भएकाले उहाँका बारेमा सार्वजनिक वहश र चाँसो स्वभाविक हो । तर, सकारात्मक वहश र सुभकामनाको अपेक्षा गर्दछौँ । बुबाको स्वास्थ्य सामान्य अवस्थामा फर्किने छ । म आफैँपनि चिकित्सक भएकाले यो कुरामा म विश्वस्त छु । (पूर्वराष्ट्रपति यादवका छोरा तथा सांसद चन्द्रमोहन यादवसँग टेलिफोनमा गरिएको कुराकानीमा आधारित )

Chandra Mohan Yadav protest cancer Rambaran Yadav

विशेष