News

पाउडर प्लान्टको क्षमता विस्तार कार्य सुरु

पाउडर प्लान्टको क्षमता विस्तार कार्य सुरु
milk pouder plantभदौ–१३ । नेपालकै एक मात्र पाउडर प्लान्टको क्षमता विस्तार गर्ने कार्य सुरु गरिएको छ । विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनामा विस्तार कार्य सुरु भएको हो । राजधानी काठमाडौंको दूध अभाव हटाउन पाउडर प्लान्टको क्षमता दोब्बर बनाउन लागिएको विराटनगर दुग्ध वितरण आयोजनाले जनाएको छ । कृषि विकास मन्त्रालयले दुध पाउडर प्लान्टका लागि ७ करोड रुपैयाँ उपलब्ध गराएपछि पाउडर प्लान्टको क्षमता अब ३ मेट्रिक टनबाट बढेर ६ मेट्रिक टन पुग्नेछ । अहिले सो प्लान्टबाट दैनिक ३० हजार लिटर दुधबाट ३ मेट्रिक टन पाउडर दुध उत्पादन हँुदै आएको छ ।

विशेष