विदेश News

लिबियाको समुन्द्री तटबाट साढे ६ हजार आप्रवासीको उद्दार

लिबियाको समुन्द्री  तटबाट साढे ६ हजार आप्रवासीको उद्दार

Aprbasi भदौ १४ । लिबियाको समुद्री तटबाट साढे ६ हजार आप्रवाशीको उद्धार गरिएको इटालीका समुद्री सुरक्षागार्डले बताएका छन् । ४० वटा उद्धार अभियान अन्तर्गत असुरक्षित रुपमा समुद्री यात्रा तय गरेर युरोप प्रवेश गर्न चाहने आप्रवासीको उद्धार गरिएको समाचार संस्था एपीले जनाएको छ । उद्धार गरिएका आप्रवासीमा इरिट्रिया, सोमालियासहितका देशका नागरिक छन् ।

बढ्दै गएको अस्थिरताका कारण लिबिया मानव बेचविखनको केन्द्र बन्दै गएको छ । लिबियाको साब्राथा शहरको २० किलोमिटरको क्षेत्रमा उद्धार अभियान चलाइएको हो । उद्धारका लागि इटालीसँगै युरोपियन युनियनको सीमा एजेन्सी तथा विभिन्न गैरसरकारी संस्थाका डुंगा प्रयोग गरिएको थियो ।

Uddar

विशेष