म्याद सकिएका सिलिण्डर बरामद
भदौ - १४ । बनेपामा रहेको सूर्य ग्यास उद्योगले म्याद सकिएका भरेर बजार पठाउने तयारी गरेका बेला गुणस्तर तथा नापतौल विभागले फेला पारेको छ ।
विभागले ग्यास उद्योग परिसरबाट भरेर बजार पठाउन लागेको अवस्थामा सूर्य ग्यासका २२ वटा सिलिण्डर जफत गरिएको छ ।
‘उद्योगले उपभोक्ताको सुरक्षामा कुनै ख्याल नगरी म्याद सकिएको सिलिण्डर फिलिङ गरेको अवस्थामा फेला परेको हो,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने ।
उद्योगले आजसम्म सिलिण्डरको हाइड्रोस्टाटिक परिक्षण समेत नगर्ने गरेको र ग्यास सिलिण्डरको भौतिक अवस्था पनि नाजुक अवस्थामा फेला परेको उनले बताए ।
कैफियत देखिएका सिलिण्डरमा ग्यास भर्न रोक लगाएको पुडासैनीले जानकारी दिए ।
Banepa
myad nagheka
surya gas