विदेश

१७ बर्षको छात्रले गरे श्रीलंकाली राष्ट्रपतिको वेबसाइट ह्याक

१७ बर्षको छात्रले गरे श्रीलंकाली राष्ट्रपतिको वेबसाइट ह्याक
srilanka rastapati भदौ - १४ । श्रीलंकाको काडुगन्नावा शहरको एक १७ वर्षको स्कुले छात्रले राष्ट्रपति मैत्रीपाल सिरीसेनाको वेबसाइट ह्याक गरेको आरोपमा गिरफ्तार गरिएको छ । प्रहरीले उक्त छात्रलाई राष्ट्रपतिको वेबसाइट ह्याक गरेका कारण गिरफतार गरेको हो । प्रहरीका अनुसार उक्त बालकले राष्ट्रपतिको वेबसाइट गएको बिहिबार र शुक्रबार लगातार दुई पटक ह्याक गरेका थिए । स्थानीय मिडियामा छापिएको खबर अनुसार घटनाको लगत्तै सीआइडीलाई श्रीलंकाको कम्प्युटर इमरजेन्सी रेपिड स्कायडको मदतबाट जाँच गर्ने काम सुम्पेको थियो । राष्ट्रपतिको मिडिया अधिकारीले भनेको छ पहिला साइबर हमला बिहिबार साझ भएको हो वेबसाइट ह्याकरले ह्याक पश्चात सिंहला भाषामा एक सन्देश पठाएको थियो ।

maitrilal sirisena srilanka

विशेष