मानव तस्करीको आरोपमा पति पत्नी पक्राउ
भदौ - १४ । नयाँ दिल्लीको अपराध शाखाले रेड लाइट सडकको जीबी एरियामा कोठी सञ्चालन गर्ने एक मानव तस्करीको समूहलाई गिरफ्तार गरेको छ ।
प्रहरीले मानव तस्करी गर्ने अफक हुसैन र उनकी पत्नी सायरा बानोलाई पक्राउ गरेको हो । उनीहरुले विगत १५ वर्ष देखि मानव तस्करी अर्थात यो धन्दा सुरु गरेको थिए ।
जीबी रोडमा यिनिहरुको ६ कोठा रहेका छन् । जहा २०० जना किशोरी काम गर्ने गर्दछन् । मानव तस्करीमा संलग्न यिनिहरुको करौडौ कारोबार रहेको छ । अफक हुसैन मुरादाबादका हुन भने उनको चिनजान सायरासँग कोठीमा नै भएको थियो । त्यस पश्चात अफक र सायराले विवाह गरेका थिए । र यिनिहरु मिलेर धन्दा चलाएका थिए । प्रहरीले अफक र सायरा गरी कुल ८ जनालाई पक्राउ गरेको थियो ।
बिहार ,बंगाल झारखण्ड, तथा नेपाल समेतका किशोरीलाई ल्याएर वेश्यावृतिमा लगाएको प्रहरीले जनाएको छ । यो धन्दाबाट यि मानव तस्करीले दैनिक १० लाख कमाउने गरेको पनि प्रहरीले जनाएको छ । - एजेन्सी
afai huisen
India
sayara bano