News

जब १ मिनेट राष्ट्रपति भण्डारीको यस्तो हालत भयो

जब १ मिनेट राष्ट्रपति भण्डारीको यस्तो हालत भयो
Krishna-mandir-bidhyadevi11 भदौ - १४ । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार राजधानीको याक एन्ड यती होटलमा एक मिनेट थुनिएकी छन् । स्काउट एसिया प्रशान्त क्षेत्रीय संगठनको १२ औं सम्मेलन उद्घाटनका लागि प्रमुख अतिथिको रुपमा बिहान ११ बजे याक एन्ड यती पुगेकी भण्डारी कार्यक्रम स्थल होटलको दुई तलामाथि हलमा जाने क्रममा लिफ्टमा थुनिएकी हुन् । कार्यक्रम हुन लागेको दुई तलामाथिको हलमा जान जब उनी लिफ्ट चढिन्, झ्याप्प बत्ती गयो र लिफ्ट रोकियो । राष्ट्रपति नै चढेको लिफ्ट ठप्प हुँदा वरिपरि सुरक्षाकर्मीहरुको भिड लाग्यो । तत्काल प्राविधिक झिकाइयो र लिफ्ट पुनः तल झारियो । यसक्रममा राष्ट्रपति भण्डारी करिब एक मिनेट लिफ्टमै थुनिइन् । लिफ्ट तल झारिएपछि पुनः विद्युत लाइन आयो र लिफ्टमा कुनै समस्या नआएको जानकारी प्राविधिकले दिएपछि उनी फेरि लिफ्ट चढेर दुई तलामाथिको कार्यक्रममा पुगिन् । राष्ट्रपति लिफ्टमा थुनिदा होटलमा सुरक्षाकर्मीको भीड लागेको थियो ।

bidhya bhandari liftma thuniyen

विशेष