जन्मिदा पेट जोडिएका जुम्ल्याहा बालिका विद्यालय जाने तयारीमा (फोटो फिचर सहित)
भदौ - १४ । जन्मिदा पेट जोडिएका जुम्ल्याहा बालिका रोजी र रुबी विद्यालय जाने तयारीमा छन् । सन् २०१२ मा पेट जोडिएको अवस्थामा जन्मिएका बेलायतको लण्डनका जुम्ल्याहा दिदी बहिनी रोजी र रुबी फरमोसा विद्यालय जाने तयारीमा जुटेका हुन् । रोजी र रुबी जन्मिदा उनीहरुको पेट जोडिएको थियो । २० प्रतिशतमात्र बाच्ने सम्भावना रहेका उनीहरुलाई डक्टरले जन्मेलगतै आकस्मिक शल्यक्रिया गरेर छुट्याएका थिए । अहिले उनीहरु चार वर्षका भए । रोजी र रुबी विद्यालय जाने कुराले आफू निकै उत्साहित भएको आमा एन्जेला फरमोसाले बताइन् । चार वर्ष अघि दुई छोरी जन्मिदा उनीहरु विद्यालय जान सक्छन् भन्ने आफूले नसोचेको उनको भनाई छ ।
छोरीहरु जन्मिदा स्वास्थ्य निकै संवेदशील रहेको थाहा पाएपछि श्रीमान डानिएल फरमोसा र आफ्नो मुटुनै चुडिए जस्तो भएको एन्जेलाले बताइन् । तर चिकित्सकको कुशलताले आफ्ना दुई छोरी बाँच्न सफल भएको उनको भनाई छ । रोजी र रुबीमा हरेक दुई लाख बालबालिकाको जन्ममा एकमा मात्रै यस्तो समस्या देखिने गरेको चिकित्सकले बताएका छन् ।
रोजी र रुबी चार वर्षअघि लण्डनको युनिभर्सिटी कलेज हस्पिटलमा जन्मिएका हुन् । जन्मिएको केही घण्टामै उनीहरुलाई लण्डनको ग्रेट ओरमोण्ड स्ट्रिट हस्पिटल लगेर आकस्मिक शल्यक्रिया गरिएको थियो । रोजी र रुबी आउँदो सेप्टेम्बरदेखि विद्यालय जाने छन् । – एजेन्सी
London robby roji School twins child