विदेश

एप्पलले युरोपियन आयोगलाई १३ अर्ब यूराे कर बुझाउनुपर्ने

एप्पलले युरोपियन आयोगलाई १३ अर्ब यूराे कर बुझाउनुपर्ने
apple भदाै - १४ । युरोपियन आयोगले आयरल्याण्डकाे एप्पलबाट कर वापत १३ अर्ब यूरो उठाउन फैसला गरेको छ । तीन वर्षको अनुसन्धान पछि आयोगले एप्पलले कमाएको पैसा गैरकानूनी कर प्रणलीबाट कमाएको फैसला गरेको हो । करमा घोटाला गरेर एप्पलले अरु कम्पनी भन्दा निकै कम मात्र रकम तिरेको आयोगले जनाएको छ । एप्पलले एक प्रतिशत मात्र कर्पोरेट कर तिरेको जनाइएको छ । जबकी अन्य कम्पनीले आयरल्याण्डमा १२ दशमलव ५ प्रतिशत कर्पोरेट कर तिरिरहेका छन् ।  आयरल्याण्ड र एप्पल दुबैले फैसलाको विरोध गरेका छन् । आयरल्याण्डका अर्थ मन्त्री माइकल नुनानले आफूहरु फैसलासँग पूर्णरुपमा असहमत रहेको बताएका छन् । ‘युरोपियन सदस्य राष्ट्रले करमा यस्तो फाइदा लिन पाउँदैनन्, राष्ट्रले कुनै कम्पनीलाई त्यस्तो कर छुट दिनु गैरकानूनी हो’ आयोगले उद्धृत गर्दै बिबिसीले जनाएको छ । एप्पलले भने यस्तो निर्णय रोजगारीका लागि घातक भएको जनाएको छ ।   

APple

विशेष