विदेश

चिनियाँ राजदूतावासमा आत्मघाती बम आक्रमण

चिनियाँ राजदूतावासमा आत्मघाती बम आक्रमण
kirgistan भदाै - १४ । किर्गिस्तानमा अवस्थित चिनियाँ राजदूतावासको प्रवेशद्वारमा मङ्गलबार आत्मघाती बम आक्रमण भएको छ । यस आक्रमणमा परी तीन व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । यस आक्रमणमा परी आत्मघाती आक्रमणकारी मात्र मारिएको छ भने दूतावासको सुरक्षाको लागि खटिएका तीन सुरक्षा गार्ड घाइते भएका किर्गिस्तानका उपप्रधानमन्त्री जेनिस रजाकोभले जनाएका छन । रजाकोभका अनुसार चिनियाँ राजदूतावासमा कार्यरत तीन किर्गिज नागरिक घाइते भएका र ती सबैलाई उपचारको लागि अस्पताल लगिएको छ ।  सरकारी अधिकारीहरुका अनुसार करिब छ सय किर्गिज नागरिक सिरिया र इराकमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहमा सहगागी भएका छन् । -एएफपी

Attact China china ambessy kirgisthan

विशेष