विदेश

आइएसकाे आक्रमणमा ७१काे मृत्यु

आइएसकाे आक्रमणमा ७१काे  मृत्यु
isis भदाै - १४ । यमनको दोस्रो ठूलो सहर एडेनमा अवस्थित एक सैनिक तालिम केन्द्रमा सोमबार इस्लामिक स्टेटस् (आइएस) समूहले विस्फोटक पदार्थ भरिएको एक आत्मघाती कारबम आक्रमण गर्दा त्यसमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७१ पुगेको छ । उत्तरी एडेनमा रहेको सो सैनिक तालिम केन्द्रमा सेनामा भर्ना भएका नयाँ सैनिकको तालिम सुरु भएको अवस्थामा यो आत्मघाती कारमब आक्रमण भएको थियो । जिहादी समूहले एक वर्षभन्दा बढी समययता गरेको यो सवभन्दा भीषण आक्रमण भएको बताइएको छ । सो तालिम केन्द्रमा पाँच सयभन्दा बढी नयाँ सैनिक तालिम लिइरहेका अवस्थामा उक्त विस्फोटन भएको थियो । यसमा परी ७१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका चिकित्सक स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ । यमनमा सन् २०१५ को मार्च महिनाबाट सुरु भएको हत्या र हिंसामा परी छ हजार छ सय व्यक्तिको मृत्यु भइसकेको छ । यसरी मारिएका व्यक्ति प्रायःसर्वसाधारण नै रहेका जनाइएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार यमनमा जारी हिंसा र हत्याको कारण ८० प्रतिशत जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यता परेको छ । - एएफपी

islamic state yeman

विशेष