के यी निर्दोष बालबालिकाको दोष गलत समय र गलत ठाउँमा जन्मेर हो ? फाेटाे फिक्चर
भदौ – १४ । सिरियामा पछिल्लो तीन वर्षमा हजारौँ मानिसहरु घाइते भएका छन् । त्यस्तै संख्यामा मारिएका पनि छन् । सिरियामा भएकाे देनिक जसाे बम विस्पोटमा परेर कयौँ बालबालिकाहरु बचिल्लीमा परेका छन् । धेरै बालबालिकाले अनाहकमा ज्यान गुमाउनु परेरको छ ।
बालबालिका यो युद्धको मुख्य सिकार बनेका छन् । सिरियामा बालबालिको ज्यान जोगाउन सबैभन्दा ठूलो संघर्ष गर्नु पर्दछ । त्यहाँ बालबालिकाको अधिकार हरेक दिन उल्लंघन हुने गर्दछ । सिरियालाई विश्वमै सबैभन्दा धेरै बालबालिकाको अधिकार उल्लंघन हुने देश मानिन्छ । त्यहाँका निर्दाेष बालबालिकाहरु अनाहकमै बम विस्पोटकाे सिकार बन्दछन् । उनीहरुको उचित शिक्षामा पहुँच हुँदैन, त्यस्तै स्वास्थ्य सुविधा पनि हुँदैन । र सामान्य जीवनयापन गर्न पनि पाउँदैनन् ।
निर्दोष प्राणको अचम्म तरिकाले मृत्य भइरहेको छ । उनीहरुको एक मात्र दोष हो, गलत समयमा गलत ठाउँमा जन्मिनु। किनकि उनीहरु सिरिया युद्धमा हुमिएको बेलामा जन्मिएका थिए । त्यसैले त यतिबेला सिरियालाई हराएको पुस्ता उत्पादन गर्ने देश भनेर चिनिन्छ।
केहि समय अगाडि सामाजिक संजालमा भाइरल बनेको ओमरनको तस्बिरलाई मात्र सिरियाेकाे घटनासँग जाेडेर हेरिएको थियो । उनलाई बिस्पोट भएको एउटा भवनबाट निकालेर एम्बुलेन्समा राखिएको थियो । उनीलाई त्यो ठाउँबाट निकाल्दा उनले क्यामेरा अगाडि कुनै प्रकारको प्रतिक्रिया देखाएनन् । न उनी हाँस, न रोए । लाग्थ्यो उनको अव मुटु नै छैन । सिरियामा यस्ता कयौँ बालबालिका छन् ।
याना ड्लुगेले पेरिसबाट एफपीका लागि लेखिएकाे ब्लगमा अाधारित लेख र तस्बिरहरु ।
Syria War
victim of child