News

अख्तियारकाे फन्दामा क्षेत्रीय कृषि अनुसन्धान अधिकृत विरेन्द्रकुमार यादव

अख्तियारकाे फन्दामा क्षेत्रीय कृषि अनुसन्धान अधिकृत विरेन्द्रकुमार यादव
akhtiyar भदाै - १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल कृषि अनुसन्धान परिषद् क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेमा कार्यरत प्राविधिक अधिकृत विरेन्द्रकुमार यादवविरुद्ध रु. दुई लाख ५० हजार बिगो कायम गरी विशेष अदालत काठमाडाैँमा आरोपपत्र दायर गरिएको छ । प्राविधिक यादवले कोसेबाली अनुसन्धान कार्यक्रम खजुरा बाँकेमा सञ्चालित सिँचाइ डिप बोरिङ योजनाको बिल भरपाईअनुसारको भुक्तानी र कार्य सम्पादन फरफारक कार्यमा सहजीकरण गर्न सिफारिसका लागि निर्माण व्यावसायीसँग रु दुई लाख ५० हजार घुस लिँदै गरेको अवस्थामा आयोग टोलीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको थियो । यादवलाई घुस रकमसहित पक्राउ गरी अनुसन्धान हुँदा उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) द्वारा परिभाषित कसुर गरेको पुष्टि हुन आएकाले प्राविधिक अधिकृत यादवविरुद्ध आरोपपत्र दायर गरिएको आयोगद्वारा आज जारी बिज्ञप्तिमा जनाएको छ ।

akhtiyar durupayog anusandhan ayog biorendra kumar yadav krishi adhikrit pakrau

विशेष