विदेश

प्रीति जिन्टाको घरमा लाश भेटियो

प्रीति जिन्टाको घरमा लाश भेटियो
pretizintaभदौ - १४ । बलिउड अभिनेत्री प्रीति जिन्टाको सिमला स्थित घरमा लाश भेटिएपछि सनसनी मचिएको छ । प्रीतिको घरमा उनको आमा नील प्रभा बस्दै आएकी थिइन् । घटना भएको समय प्रीतिको आमा भने घरमा थिइनन् । सिमला प्रहरीले मृतक करण दीप रहेको जनाएको छ । प्रीति जिन्टाको सो घर सिमलाको दक्षिण भेगमा पर्दछ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घरको तेस्रो तल्लाबाट झरेर पटियालाका २९ वर्षीय करण दीपको मृत्यु भएको हो । प्रीति जिन्टाको आमाले सो घरको तेस्रो तल्ला लोकेश बंसल नाम गरेका युवकलाई भाडामा दिएकी थिइन् । करण दीप लोकेशलाई भेट्न सिमला आएका थिए । दुवैले अबेर रातसम्म रमाइलो गर्दै रक्सी पिएका थिए । सिमला प्रहरीका अनुसार, ’मृतक करण दीप नशामा थिए , उनि हिड्दै गर्दा बालकोनीबाट झरेर मृत्यु भएको पाइयो ।’ लोकेशका अनुसार , ’ म रक्सी पिएपछि आफ्नो कोठामा गए । करण दीप उक्त समय पनि रक्सी पिउदै थिए । बिहान उठेपछि करण दीपलाई घरमा देखिन र खोज्न बाहिर निस्किए । मैले करण दीपलाई मृत अवस्थामा देखे, उनको कपडा खुनले लतपतिएको थियो । मैले तत्काल प्रहरीलाई फोन गरी सो कुराको जानकारी दिए ।’ -एजेन्सी

death body preity zinta

विशेष