विदेश

सगरमाथा सफल आरोहणको दाबी गर्ने भारतीय दम्पत्तिलाई नेपालमा १० वर्ष प्रतिबन्ध

सगरमाथा सफल आरोहणको दाबी गर्ने भारतीय दम्पत्तिलाई नेपालमा १० वर्ष प्रतिबन्ध
pune-mt-everest-759भदौ–१४ । गत मे २३ मा सगरमाथाको सफल आरोहण गरेको झुठो दाबी भएको पुष्टि भएपछि भारतको पुणे सहरका एक प्रहरी दम्पत्तिलाई नेपालमा १० वर्ष प्रतिबन्ध लगाइएको छ । पुणे प्रहरीमा कन्सटेबल रहेका ३० वर्षीय दिनेश र तार्केश्वरी राठौरले गत जुन ५ मा पत्रकार सम्मेलनको आयोजना गरेर आफूहरु सफलतापूर्वक सगरमाथाको आरोहरण गर्ने पहिलो भारतीय दम्पत्ति भएको दाबी गरेका थिए । उनीहरु पुणे प्रहरीको शिवाजीनगर प्रहरी हेडक्वाटरमा कार्यरत छन् । ‘नेपाल सरकारले दुई जनाले ढाँटेको भनेर पुष्टि गरेको छ । दुवैले प्रहरीको मात्र नभएर देशकै छवी धुमिल बनाएका छन्,’पुणे प्रहरीका कमिस्नर रश्मी शुक्लाले भनिन् । उनले दुवै माथि कडा कारवाही गरिने बताइन् । साथै १० वर्षको लागि नेपाल प्रवेशमा रोक लगाएको पत्र पुणे प्रहरीलाई नेपली अधिकारीहरुले पठाएको उनेले बताइन् । इन्डियन एक्सप्रेसका अनुसार उनीहरु पक्राउ नपरे पनि उनीहरुको घटुवा वा बढुवा रोक्का हुन सक्ने बताएका छन् । केही सगरमाथा आरोहीहरुले उनीहरु सगरमाथाको चुचुरोमा नपुगेको आरोप लगाएका थिए । राठौर जोडीले सगरमाथाको टुप्पोमा खिचेको भनिएको तस्विर फोटोसपबाट बनाइएको उनीहरुको दाबी थियो । सिजनमा सगरमाथा आरोहण गर्नका लागि आएका भारतीय टोलीका सुरेन्द्र सिल्केका अनुसार यो जोडीले आधार शिविरमा खिचेको तस्विरमा छुट्टै कपडा तथा चुचुरोमा खिचेको तस्विरमा छुट्टै कपडा लगाएका थिए । यस्तो मामिला सार्वजनिक भएपछि नेपाल सरकार र भारत प्रहरीले दुवैले अनुसन्धान शुरु गरेको थियो । उनीहरुको बदमासीमा नेपाली ट्राभल एण्ड टुर कम्पनीले पनि साथ दिएको थियो । मकालु एडभेन्चर नामक कम्पनीले उनीहरुको सगरमाथा आरोहणको व्यवस्थापन गरे साथै नक्कली तस्बिर बनाएको थियो । र त्यसलाई आफ्नो वेभसाइटमा पनि राखेको थियो । विवाद बढेपछि भने उक्त तस्विर उनीहरुले वेभसाइटबाट हटाएका थिए । कम्पनीका मोहन लम्सालले भने उक्त आरोपको खण्डन गरेका थिए । उनले भनेका थिए, ‘उनीहरुलाई हाम्रो कम्पनीमा वर्षौदेखी काम गरिरहेका शेर्पाहरुले चुचुरोसम्म लगेका हुन् । उनीहरु मे २३ मै सगरमाथा आरोहण गर्न सफल भए ।’ लम्सालले अनुसार तार्केश्वरी राठौरलाई फर्कने क्रममा निमोनियासमेत भएको थियो । एक सातासम्म उपचार गराएपछि मात्रै उनले भारत फर्किएर आरोहण सफल भएको घोषणा गरेकी थिइन् ।

Dinesh Rathor Mt Everest Tarkeshwori Rathor

विशेष