News

'साहित्यका लागि बिपीको जेलजीवन बरदान भएको छ' - काँग्रेसका युवा नेता घिमिरे

'साहित्यका लागि बिपीको जेलजीवन बरदान भएको छ' - काँग्रेसका युवा नेता घिमिरे
bp koirala भदाै - १४ । नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा ल्याउन विश्वेश्वरप्रसाद कोइरालाको ठूलो योगदान रहेको विभिन्न राजनीतिज्ञ एवम् साहित्यकारले बताएका छन् । बिपी कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान भाषा तथा निबन्ध विभाग र बिपी स्मृति ट्रस्टले संयुक्त रुपमा मंगलबार आयोजना गरेको कार्यक्रममा वक्ताहरुले बिपी कोइराला राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी भएको बताएका हुन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले व्यक्तिको स्वतन्त्रपूर्वक निर्णय गर्न पाउने अधिकार बिपीमा भएको बताए । उप्रेतीले बिपीको राजनीति र साहित्यमा केही फरक नभएको स्पष्ट पारेका छन् । साहित्यका एवम् राजनीतिज्ञ प्रदीप नेपालले बिपी कोइरालाले साहित्यमा जस्तो राजनीतिमा सक्रियता देखाएको भए मुलुक धेरै अगाडि बढ्ने बताएका छन् । उनले भने, “बिपीको चिन्तनलाई अगाडि बढाएमात्र देशको विकास हुन्छ ।” नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेले बिपी कोइराला आधुनिक राजनीतिका चिन्तक भएको बताए । उनले भने, “साहित्यका लागि बिपीको जेलजीवन बरदान भएको छ, बिपी सायद जेलमा नबसेको भए उनको साहित्य कस्तो हुन्थ्यो भन्न सकिँदैन ।” साहित्यकार धुव्रचन्द्र गौतमले बिपी नेपाली समाजको निर्माता भएको बताए । उनले मनोवैज्ञानिक धारालाई नेपाली साहित्यमा भित्र्याउन बिपी कोइरालाको ठूलो भूमिका रहेको उल्लेख गरेका हुन् । युवा नेता एवम् साहित्यकार धर्मेन्द्र नेम्बाङले बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विरोध गर्ने खेद्ने कम्युनिष्टहरुले पछिल्लो समय बिपीले देखाएको बाटोलाई पछ्याएका छन् भने । कार्यक्रममा काँग्रेसका नेता बलदेव शर्मा मजगैँया, प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभू घिमिरे, प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ डा ज्ञानु पाण्डे, राजनीतिक विश्लेषक डा नारायण चालिसे, ट्रस्टका सदस्य पुरुषोत्तम बस्नेत, युवा राजनीतिज्ञ गरिमा शाह, धर्मेन्द्र झालगायतले विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीति र साहित्यको नक्षत्र भएको बताएका थिए । सो अवसरमा मजगैँयाद्वारा लिखित ‘ब्रौन्स्री’ नामक उपन्यास लोकार्पण गरिएको थियो ।

BP koirala

विशेष