News

उपत्यकाव्यापी उमावी स्तरीय डण्डीबियो प्रतियाेगीता सुरु

उपत्यकाव्यापी उमावी स्तरीय डण्डीबियो प्रतियाेगीता सुरु
dandibiyo 1 भदाै - १४ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा उपत्यकाव्यापी दोश्रो उमावि स्तरीय डण्डीबियो प्रतियोगिता मंगलबारदेखि त्रिपुरेश्वरस्थित राखेप परिसरमा सुरु भएको छ । पहिलो दिन ग्लोरी, भक्तपुर, रिडर्स इन्टरनेसनल मोडेल, काठमाडौं, गोल्डेन फ्युचर, काभ्रे तथा दीपशिखा, काभ्रे क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ग्लोरीले नजरथ, ललितपुरलाई २२०–१८०, रिडर्सले सन्जिविनी वैकल्पिक, काठमाडौंलाई १७०–१५०, गोल्डेनले रुपक मेमोरियल, ललितपुरलाई १४०–९० तथा दीपशिखाले रेडियन्ट रिडर, ललितपुरलाई १५५–१२० ले पराजित गरे । dandibiyo 2 प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा काठमाडौंबाट ४, ललिपतुर र भक्तपुरबाट ३–३ तथा काभ्रेबाट २ गरी जम्मा १२ टिमको सहभागिता रहेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका अधिकृत मीनकुमार शर्माले जनाएका छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १० हजार, ७ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

dandibiyo

विशेष