News

जहाज खरिदसम्बन्धी सर्वोच्चको अन्तरिम आदेश

जहाज खरिदसम्बन्धी सर्वोच्चको अन्तरिम आदेश

भदौ - १४ । चिनियाँ जहाज खरिद सम्बन्धमा राष्ट्रिय सूचना आयोगको आदेश कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज चिनियाँ खरिद सम्बन्धमा कागजात गोप्य रहनेहुँदा त्यस्ता कागजात दिन नमिल्ने भएकाले सो आदेश कार्यान्वयन नगराउन आदेश दिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । चिनियाँ जहाज खरिद सम्बन्धमा भएका सम्झौताको सूचना माग गर्दै राजु ढकालले राष्ट्रिय सूचना आयोगमा सूचना पाउँ भनी निवेदन दिएका थिए ।

आयोगले सूचना दिनु भनी आदेश जारी गरेको थियो । आयोगको आदेशविरुद्ध संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव प्रेमकुमार राईसहित पाँच जनाले आयोगको सूचना माग्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा गत साउन ३१ गते रिट निवेदन दायर गरेका थिए । सर्वोच्च अदालतले गोप्य राख्नुपर्ने सूचना भएको हुँदा गोप्य नै रहने र त्यस्ता कागजात प्रतिलिपि दिन नपर्ने आदेश जारी गरेको हो । सन् २०११ मा चिनियाँ जहाज ल्याउने सम्झौता भएको थियो । सम्झौतामा दुई देशबीचको सम्झौता सार्वजनिक गर्न नमिल्ने भन्ने बुँदा रहेको उल्लेख भएको मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए । रासस

Adalat China Plane

विशेष