ताजा खबर राजनीति News

उपप्रधानमन्त्री निधिले नेपालको संविधान भारतलाई बुझाएपछि बबाल

उपप्रधानमन्त्री निधिले नेपालको संविधान भारतलाई बुझाएपछि बबाल

bimalendra nidhi भदौ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि प्रमुख तीन दलको बैठक वालुवाटारमा पहिलो पटक बस्दै थियो । प्रधानमन्त्री दाहाल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु बैठकमा आउलान की नआउलान् भन्दै उपप्रधानमन्त्री बिमलेन्द्र निधि, सहरी विकास मन्त्री अर्जुननरसिंह केसी लगायत संग कुरा गरिरहेका थिए । बैठकको समयमै हुनै लाग्दा एमाले कार्यबहाक अध्यक्ष वामदेव गौतम बैठक कक्षमा प्रवेश गरे । गौतमको आगामणले दाहालको मुहार एकाएक चम्कियो । लगत्तै एमालकै उपाध्यक्ष भीम रावल लगायत नेपाली काँग्रेसका नेताहरुले पनि बैठकमा प्रवेश गरे ।

बैठक सुरु हुनासाथ एमाले उपाध्यक्ष रावलले प्रधानमन्त्रीको विषेशदुतका रुपमा भारत भ्रमणमा गएका उपप्रधान एवम् गृहमन्त्री निधिका विषयमा कुरा उठाउँदै कोटको खल्तीबाट एउटा कागज झिके । त्यो कागजमा निधिको भारत भ्रमणका बेला नयाँ दिल्लीमा रहेको नेपाली दुतावासले निकालेको प्रेस विज्ञप्ति थियो । प्रधानमन्त्री दाहालले विषेशदुत पठाएर विदेशीलाई खुशी बनाउने प्रयास गरेको प्रमाणका रुपमा सो पत्र बैठकमै पढेर सुनाए । विज्ञप्तिमा नेपालको संविधान संशोधनका विषयमा समेत भारतीय नेताहरुसंग छलफल भएको उल्लेख थियो । रावल थप उत्तेजित हुदै गए र प्रधानमन्त्री तर्फ हेर्दै प्रश्न गरे ‘नेपालको संविधान संशोधनका विषयमा भारतमा गएर किन छलफल गरेको ?’ प्रधानमन्त्री दाहालले निधि तर्फ हेरेपछि उनले रावललाई क्रस गरेर बोल्न थाले ।

 त्यसपछि रावल र निधि बीच आरोप प्रत्यारोप सुरु भयो । त्यतिबेला सम्म एमाले कार्यबहाक अध्यक्ष गौतम लगायतका नेताहरु चुपचाप थिए । निधिले रावलमाथी विदेशी फण्डिङबाट चलेको आरोप लगाएपछि उनि थप आक्रोशित बन्दै गए । त्यसको प्रतिवादमा रावलले विदेशी दलालहरु रहेको सरकारले ल्याउने कुनैपनि संविधान संशोधन गर्न नदिईने चेतावनी दिए । रावल र निधि बीच झण्डै हात हालाहालको अवस्था सिर्जना भएपछि बैठकमा सहभागि अन्य नेताहरुले रोक्नुु परेको थियो । रावल र निधि बीच बाझाबाझ भईरहँदा प्रधानमन्त्री दाहालको निधारमा चिट चिट पसिना आएको थियो ।

Bhim Rawal Bimalendra Nidhi

विशेष