विदेश

विद्रोही संगठन आइएसका प्रवक्ता मारिए

विद्रोही संगठन आइएसका प्रवक्ता मारिए

IS भदौ १५ । सैन्य कारबाहीमा बिद्रोही संगठन इस्लामिक स्टटेट आइएसका एक प्रवक्ता मारिएका छन् । सिरियाको एलेप्पो शहरमा भएको सैन्य कारबाहीमा आइएसका प्रवक्ता अबु मुहम्मद अल अदनानी मारिएको आइएसको खबर दिने समाचार संस्था अमाकले जनाएको छ ।

उनले लामो समयदेखि आइएसमा काम गरेका पनि अमाकले जनाएको छ । युरोप तथा पश्चिमा देश विरुद्ध लड्न उनले प्रशिक्षण समेत दिने गरेका थिए । उनको टाउकोको मूल्य अमेरिकाले ५० लाख डलर घोषणा समेत गरेको थियो ।

सन् १९७७ मा उनी सिरियामा जन्मिएका हुन् । सन् २००३ मा इराकमाथि आक्रमण भए पछि अमेरिका विरुद्ध लड्ने उनी पहिलो विदेशी लडाकु भएका बिबिसीले जनाएको छ ।

IS Spokepersan

विशेष