अपराध सुरक्षा अर्थ News

कमिसन नपाएपछि प्रहरीले सुन समाउन छाड्यो

कमिसन नपाएपछि प्रहरीले सुन समाउन छाड्यो
भदौ १gold५ । नेपालसँग सीमाना जोडिएका चीनका विभिन्न नाकाबाट तस्करी हुँदै आएको सुनको रूट परिवर्तन भएपछि नेपालमा अवैध सुन समातिन छाडेको छ । यसअघि नेपालका विभिन्न नाकाबाट अवैधरूपमा सुन भित्रने गरेपनि अहिले भने चीनबाट तस्करी हुने न भुटान र बंगालादेश जान थालेको प्रहरीको निष्कर्ष छ । सरकारले सुन पक्राउ गर्ने र सुराकी गर्नेलाई कमिसन नदिने नीति अवलम्बन गरेपछि पछिल्लो समय ठूला परिणाममा सुन समातिन छाडेको छ । यस भन्दा अगाडि सरकारले सुनको अवैध कारोबार गर्ने कामलाई निरूत्साहित गर्न सुराकीलाई २५ प्रतिशत र सुन समात्ने सुरक्षा निकायलाई १५ प्रतिशत कमिसन दिने गरेकोमा अहिले भने जति परिणामको सुन समातिएपनि ५० हजारदेखि ५ लाख रूपैयाँ सम्म सुराकी र समाउनेलाई दिने नीति अख्तियार गरेपछि सुराकीले सुराक दिन छाडेको केन्द्रीय अनुसन्धान व्युरोले जानकारी दिएको छ । समाचारपत्रबाट

Gold of nepal Nepal Police

विशेष