अपराध सुरक्षा News

अपराधी नउडाउने भन्दै इतिहाद एयरलायन्सले बोडिङ पास दिएन

अपराधी नउडाउने भन्दै इतिहाद एयरलायन्सले बोडिङ पास दिएन

Etihad

भदौ - १५ । गृह मन्त्रालयले निष्काशन (डिपोर्ट) गर्ने निर्णय गरेको एक पाकिस्तानी नागरिकलाई इतिहाद एयरलायन्सले बोडिङ पास नदिई फर्काइदिएको छ ।निष्काशित यात्रुको उडानबारे अध्यागमन विभागले समयमै समन्वय नगरेको भन्दै इतिहादले ती पाकिस्तानीलाई फर्काइदिएको हो । विभागले भने सम्बन्धित एयरलाइन्सको टिकट खरिद गरिसकेको अवस्थामा कुनै यात्रुबारे जानकारी गराउन जरुरी नभएको दाबी गरेको छ ।

चोरी मुद्दामा जेल सजाय भोगेका पाकिस्तानी नागरिक राना गणेशबहादुरलाई विभागको सिफारिसमा गृह मन्त्रालयले एक वर्ष अवधिभर नेपाल आउन नपाउने गरी निष्काशन गर्ने निर्णय गरेको थियो । काठमाडौंबाट पाकिस्तानसम्म जाने कुनै एयरलायन्स नभएकाले रानाले काठमाडौंबाट अबुदाबी हुँदै इस्लामावाद जाने टिकट लिएका थिए । -अन्नपूर्णपोष्ट

Eitihad

विशेष