राजनीति News

उठाउदैनन् मोर्चाका नेताको फोन निधिले, तनावमा मोर्चा नेता

उठाउदैनन् मोर्चाका नेताको फोन निधिले, तनावमा मोर्चा नेता

morcha-leaders

भदौ १५ । मधेसी दलकै समर्थनमा गठन भएको प्रचण्ड नेतृत्वको सरकारबाटै मधेसी नेता उपेक्षामा परेका छन् । उपप्रधानमन्त्रीसमेत रहेका मधेसकै नेता विमलेन्द्र निधिले मधेसका शीर्षस्थ नेताको फोन नउठाएसँगै उनीहरु निधिसँग बिच्किएका हुन् ।

भएको चाहिँ के रहेछ, भने मधेसका नेता राजेन्द्र महतो तारन्तार गृहमन्त्री निधिलाई फोन सम्पर्क गर्दा रहेछन् । तर, उनको फोन आएसँगै विमलेन्द्रले विजी मोडमा राखिदिने र फोन नै नउठाइदिँदा उनी हत्तु भए । उही हालतमा रहेछन, महन्थ ठाकुर पनि । जब–जब महन्थ फोन सम्पर्क गर्छन, उनको फोनसमेत विमलेन्द्रले रिसिभ नगर्ने ! कहिले ‘बिजी मोड’ मा राखिसदने, कहिले ‘कल डाइर्भट’ गरिदिने । यसरी मधेसका अधिकांश नेता विमलेन्द्र निधिले फोन रिसिभ नगरेर हतु भएका छन् । मधेसका अधिकांश शीषएस्थ नेताको फोन उनले रिसिभ नगरिरहँदा राजेन्द्र महतोको पार्टीका महासचिव मनीष सुमनको फोन रिङ जानै नपाई निधिल रिसिभ गरेसँगै अहिले मधेसी मोर्चामै हल्लीखल्ली मच्चिएको छ ।

अहिले निधि र मनीष सुमनको केमेस्टी यतिबिघ्न मिल्नुको कारणको खोजी मधेसी मोर्चाभित्र हुन थालेको छ । जनआस्था साप्ताहिक

Madheshi Morcha Morcha

विशेष