News

सीताले अड्डी नछाडेपछि प्रचण्ड फायर, छाताको डण्डीले नै बजारे

सीताले अड्डी नछाडेपछि प्रचण्ड फायर, छाताको डण्डीले नै बजारे

Prachanda 2 भदौ १५ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सयौं सुरक्षाकर्मीको घेरामा बस्ने पुष्पकमल दाहाल प्रचण्डसँग लाजिम्पाटको सुविधासम्पन्न घर पनि छ । अहिले उनी भौतिक दुःखमा छैनन् । तर, केही वर्षअघिसम्म यी नै प्रचण्ड ८ हजार रुपैयाँ जुटाउन नसकेर श्रीमती सीतालाई ढाड खुस्कने गरी पिट्थेभन्दा पत्यार नलाग्न सक्छ । कुरा ०५१ सालको हो ।

त्यतिबेला प्रचण्ड नेकपा मशालका हर्ताकर्ता थिए । जनयुद्धको नीति पार्टीले पहिले नै पारित गरिसकेको थियो । जनयुद्ध तयारीका लागि सम्पूर्ण शक्ति लगाउने र यसका निम्ति केन्द्रीय समितिका कमरेडबाट आर्थिक सहयोग लिने निर्णय पार्टीले गर्यो ।

पार्टी एकतापछि नेकपा मशालका महामन्त्री बनेका प्रचण्डको भागमा ८ हजार रुपैयाँ पर्यो । त्यतिबेला प्रचण्ड चितवनको भीमसेननगरमै बस्थे । पार्टीको निर्णयबमोजिम अरु नेताले आफ्ना भागमा परेको रकम बुझाउन थाले । प्रचण्डले पनि तोकिएको दायित्व बुझाउन घरमा सल्लाह गरे । तर, ८ हजार घरमा थिएन र तत्काल जुटाउन सक्ने अवस्था पनि रहेन ।

त्यसपछि प्रचण्डले पत्नी सीतासँग १ कठ्ठा जग्गा बेचेर भए पनि पैसा त बुझाउनै पर्छ भने । यसमा सीताले पूर्णतः असहमति मात्र जनाइनन, कुनै पनि हालतमा जग्गा बेच्न नदिने अडान पनि लिइन् । प्रचण्ड मौन रहे । पार्टीका अरु कमरेड पनि डेरा लिएर प्रचण्डनिवास नजिकै बस्थे । जनयुद्ध तयारीका लागि खरिद गर्नुपर्ने हतियारदेखि अन्य सामानका नामावली तयार भइरहेका थिए । पैसा पनि उठिरहेकै थियो । तर पार्टी प्रमुख प्रचण्डले भने अझै ८ हजार दिएका थिएनन् ।

यसैबीच, एकदिन प्रचण्डपत्नी सीता ग्वाँग्वाँ रुँदै नजिकै रहेको कमरेडहरुको डेरामा पुगिन् । त्यतिबेला कोठामा खम्बसिंह कुँवर ‘काजीसा’, दीपेन्द्र शर्मा र ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ थिए । पछि प्रचण्डका भाइ नारायण दाहाल र इन्द्रविलास पौडेल पनि आइपुगे । हाल विप्लव माओवादीमा सक्रीय सिन्धुली पुरानो झाँगाझोलीका ईश्वरीप्रसाद दाहालले लेखेका ‘संघर्षका पाइला’ नामक पुस्तकमा प्रचण्डले सीतालाई पिटेको घटना ‘प्रचण्ड र सीताबीच विवाद’ शीर्षकमा उल्लेख छ ।

प्रचण्डले सीतालाई अरु केही नपाएपछि घरमै राखेको ठूलो खाले छाताको डाँठले ढ्ट्याएपछि उनी रुँदै गुहार माग्न आएको प्रसंग उल्लेख गर्दै असारे काकाले लेखेका छन, ‘हामीलाई समस्या परिहाल्यो । आफ्नो नेताको घरपरिवारको झगडा समाधान गर्नु थियो । आन्तरिकका रुपमा समाधान गर्न हामी लाग्यौं । तर, यस घटनाले पार्टी पंक्तिमा ठूलो तरंग आयो ।’

सबै कमरेडले तोकिएको दायित्व बुझाउन लागिसक्दा पनि आफूले दिन नसकेको र यसको कारण पत्नी नै भएको झोंकमा प्रचण्डले सीतालाई छातैछाताले पिटेका थिए । लगातार पतिको आक्रमणमा परेकी सीता कुटाइबाट बच्नकै लागि उम्किएर रँदै कमरेडहरुकोमा गुहार माग्न पुग्नुपरेको सोही घटना मिलाउन लागेका एक नेताले बताए ।

जनआस्थाबाट

Prachanda

विशेष