विदेश News

अमेरिकामा सवारी दुर्घटनामा परि ३५ हजारले ज्यान गुमाए

अमेरिकामा सवारी दुर्घटनामा परि ३५ हजारले ज्यान गुमाए

Accident

भदौ १५ । संयुक्त राज्य अमेरिकामा सन् २०१५ मा भएको सडक दुर्घटनामा ३५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा भएका कारलगायतका सवारी साधन दुर्घटनामा परी ३५ हजार ९२ व्यक्तिको मृत्यु भएको र सो संख्या अघिल्लो वर्षको तुलनामा ७.२ प्रतिशतले बढी भएको नेसनल हाइवे ट्राफिक सेफ्टी एड्मिनिस्ट्रेसन (एनएचटिएसए)ले जानकारी दिएको छ ।

एनएचटीएसएले बार्षिक रुपमा निकाल्ने गरेको प्रतिवेदनमा सो जानकारी दिएको छ । हाम्रो राष्ट्रका राजमार्गहरुमा भएका कारलगायतका सवारी साधनको दुर्घटनामा ३५ हजार ९२ व्यक्तिको मृत्यु भएको छ एनएचटिएसएद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

एनएचटिएसएद्वारा आयोजित प्रेस सम्मेलनमा शिक्षा र निजी क्षेत्रका विज्ञलगायतका वरिष्ठ अधिकारीको सहभागीता रहेको र सडक दुर्घटनाको यो खतरा कसरी कमगर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ ।  यसरी सडक दुर्घटना बढ्नुमा चालकले सवारी साधन जथाभावी चलाउनु र मोबाइल फोनको बढ्दो प्रयोग पनि प्रमुृख कारणको रुपमा रहेको बताइएको छ ।

Accident in US

विशेष