News समाज

शनिबार किन चढाइन्छ पीपलमा काँचो दुध, यो रहेछ कारण

शनिबार किन चढाइन्छ पीपलमा काँचो दुध, यो रहेछ कारण

जीवनलाई सुखमय बनाउनको लागि भगवानलाई नियमित रुपमा याद तथा प्रार्थना गर्न उनको पूजा गर्न जरुरी मान्ने गरिन्छ । हामी सोच्ने गर्छौ ग्रह दोषका कारण हाम्रो जीवनमा अनिष्ट पैदा हुन्छ । यदि ग्रहको शान्ति गर्यो भने हाम्रो जीवन सफल तथा शुभ हुन सक्छ । जीवनमा बनाएको नयाँ योजना तथा कार्यको सफलता प्राप्त हुनसक्छ ।

जीवनलाई सरल तथा सुखमय बनाउने उपाय

१.प्रत्येक शनिबार पीपलको वृक्षमा जल, काँचो दुध चढाएर सात पटक परिक्रमा गरेर सूर्य,शकर, पीपलको विधि पूर्वक पूजा गरेको खण्डमा राहुकेतु शनिपितृ दोष निवारण हुनसक्छ ।

२.शुभ बिहानीको समयमा उठ्ने बित्तिकै आफ्ना माता पिता, गुरु एबम् बृद्धजनलाई प्रणाम गरेर आशिर्वाद लिएमा दिन सफल हुनसक्छ । यसका साथै सुगन्धित अगरबत्ती बालेर दिनको सुरुवात गरेमा दिन सफल हुन्छ ।

३.दिनको एकपटक कुकुरकलाई रोटी खुवाएमा तथा पक्षीहरुलाई दाना खुवाएमा दिन शुभ रहन्छ ।

४. हरेक दिन गाईलाई पूजा तथा विभिन्न फलफूल तथा रोटी खुवाएमा जीवन शुभ हुन्छ ।

५.बिहानीको समयमा स्नान गरेर शिवलिङ्गमा जल चढाएर १०८ पटक ‘ॐ नम शिवाय’ मन्त्र जपेमा जीवनमा हुने हानिबाट बच्न सकिन्छ ।

६.स्नान पश्चात सूर्यनारायण भगवानलाई रातो पुष्प चढाएर हात जोडेर नमस्कार गर्नहोस् ।

७.सकेसम्म कोही न कोही गरिबलाई दान दिनुहोस् प्रत्येक प्राणीलाई दया भावको साथ तन, मन,धनका साथ यथायोग्य गर्नुहोस् ।

Pipal

विशेष