राजनीति News

प्रधानमन्त्रीसँग पूर्व सांसदकाे मागः हामीलाई पनि सेवा सुविधा चाहियो

प्रधानमन्त्रीसँग पूर्व सांसदकाे मागः हामीलाई पनि सेवा सुविधा चाहियो

PM भदौ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पूर्व सांसदले भेटेर आफ्ना अनुभव र ज्ञान राज्यको हितमा लगाउन आग्रह गरेका छन् । बुधबार बिहान पूर्व सांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा प्रम निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग आफूहरु मुलुकको हितमा सक्रिय भएर काम गर्न चाहेको बताएको हो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास र राजनीतिक स्थिरताका लागि आफ्नो ठाउँबाट आवश्यक भूमिका खेल्न पूर्व सांसदलाई आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई मुलुकको समृद्धिमा सघाउँदै परिवर्तित सन्दर्भमा मुलुकको सकारात्मक हितमा लाग्न जोड दिनुभएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

भेटमा पूर्व सांसद मञ्चले सेवा, सुविधा र मर्यादा दिन माग गर्दै लिखित ज्ञापनपत्र बुझाएको मञ्चका महासचिव शङ्करनाथ शर्मा अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार प्रधानमन्त्रीले पूर्व सांसदको मर्यादाका विषयमा आफू सकारात्मक भएको भन्दै अन्य मागका विषयमा सबै पक्षसँग छलफल गर्ने बताएका छन्

Purba Samasd

विशेष