विदेश

क्यानडा एआइआइबीकाे सदस्य बन्ने

क्यानडा एआइआइबीकाे सदस्य बन्ने
asian infra bank भदाै - १५ । क्यानडाले पनि चीनको अग्रसरतामा स्थापना हुन लागेको बैंक, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी) को सदस्यताका लागि आवेदन गर्ने भएको छ । क्यानडाले सो बैंकको सदस्यताको लागि आवेदन गर्न लागेको कुरा क्यानडाली विदेशमन्त्रालयले जनाएको छ । क्यानडाली अर्थमन्त्री बिल मोर्नले उक्त देशले चिनियाँ अग्रसरता र लगानीको बैंक एआइआइबीको सदस्यताका लागि आवेदन गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । उनले यस विषयमा निर्णय भइसकेकोले अब आवेदनको प्रक्रियामा जाने धारणा राखे । यो सदस्यता आफ्नो देशका लागि एक अवसर  हो भनेका छन् । हालैका दिनमा यस बैंकका बारेमा विश्वव्यापी रुपमा विभिन्न प्रतिक्रियाहरु आउने गरेका छन् । कतिपयले यसलाई विश्वबैंकको एक प्रतिद्वन्दी बैंकका रुपमा पनि लिने गरेका छन् । यस्तै फिलिपिन्समा मुख्यालय रहेको एसियाली बैंकको अर्काे प्रतिश्पर्धीका रुपमा पनि विश्वका केही अर्थशास्त्रीहरुले लिने गरेका छन् । उक्त बैंकले यसै वर्षको सुरुवातदेखि नै आफ्नो कार्यारम्भ गरेको छ । सो बैंकमा सदस्यताका लागि चीनले विश्वका सबै देशलाई आग्रह गरेको छ । उक्त बैंकका अध्यक्ष जिन लिछुङले क्यानडाले यो निर्णय गर्नुले उक्त बैंकले आफ्नो कार्य सुरु गरेको केही समयमा नै प्रगति गरेको भनेर बुझ्न सकिने जानकारी पनि दिएका छन् । - सिन्ह्वा

aiib canada China

विशेष