नेपाल महिला सङ्घकाे महाधिवेशनकाे तयारी
भदाै - १५ । नेपाली काँग्रेस निकट नेपाल महिला सङ्घले आगामी भदौ २९ देखि हुने तेस्रो महाधिवेशनको तयारीमा लागेको छ ।
महाधिवेशन आयोजक कमिटीको बैठकले आपसी छलफल गरी महाधिवेशन सम्पन्न गर्नका लागि प्रारम्भिक प्रक्रिया अगाडि बढाएको हो ।
सङ्घका अध्यक्ष डा. डिला सङ्ग्रौलाको सभापतित्वमा बसेको बैठकले सङ्घका पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यसँग वृहत छलफल गरेको केन्द्रीय सदस्य निर्मला क्षेत्रीले जानकारी दिएकी छिन् ।
‘महाधिवेशनको मुखमा आइसकेकाले पुराना जिम्मेवार व्यक्तिसँग परामर्श गरेका हाैँ’ उनले भनिन् ।’ सङ्घको ३१ गतेसम्म चल्ने महाधिवेशनले ४२ जनालाई निर्वाचित गर्ने छ भनें अध्यक्षद्वारा नौजना मनोनित गर्ने व्यवस्था छ ।
mahadibessnko tayari
nepal mahila sang