विदेश

सिरियामा टर्कीले गरेकाे आक्रमणबाट ३२ काे ज्यान गयाे

सिरियामा टर्कीले गरेकाे आक्रमणबाट ३२ काे ज्यान गयाे
Turkey भदाै - १५ । टर्कीको सेनाले आइतबार र सोमबार टर्कीसँग सीमा जोडिएको सिरियाली क्षेत्रमा गरेको हवाई आक्रमणका क्रममा कम्तीमा पनि ३२ जनाको ज्यान गएको अनुमान गरिएको छ । यसअघि गत आइतबारको सो हमलामा परी कम्तीमा २० सर्वसाधारणको मृत्यु भएको समाचार आएको थियो । तर गएको सोमबार पनि सोही क्षेत्रमा कारबाही गरिएको थियो । इस्लामिक स्टेट्स (आइएस) जिहादी समूह र कुर्दिस लडाकूलाई लक्ष्यगरी टर्कीले जारी राखेको हवाई आक्रमणमा सोमबार पनि जारी रहेको थियो । सोमबार सो आक्रमण छैटौँ दिनसम्म भएको मानवअधिकारवादी समूहले जनाएको छ । सोमबारको उक्त कारबाही दक्षिणमा पर्ने एक गाउँ जेबएलकुसामा भएको टर्कीसँग आवद्ध यस हवाई आक्रमण र गोलाबारीको समाचारमा जनाइएको छ । उक्त कारबाहीमा परी ३२ जना मारिएका र ती सबैजना सर्वसाधारण मात्र रहेका सिरियाली मानवअधिकारवादीहरुले जानकारी दिएका छन् । तर उक्त कारबाही कुर्दीस् समूह र आइएसलक्षित रहेको टर्कीले जनाएको छ । मारिने व्यक्त सर्वासाधारण परेका भनी अधिकारवादीहरुले भने पनि टर्कीले भने यस विषयमा केही बताएको छैन । साथै यस हवाई आक्रमणका क्रममा अन्य ५० भन्दाबढी घाइते भएका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका प्रमुख रामी अब्दुल रहमानले बताएका छन् । सिरिया सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलनले पछिल्ला कैयौँ वर्षदेखि गृहयुद्धको रुप लिएको छ । जारी गृहयुद्धको क्रममा आइएस जिहादी समूह, अल कायदा र कुर्दिस लडाकूहरुको बिगबिगी जारी रहेको बताइन्छ । यसको कारण छिमेकमा रहेका टर्कीगायतका देशहरुको सिमानामा हिंसा पनि बढेको पाइन्छ । सिरियामा गएको पाँच वर्षभन्दा लामो समयदेखि जारी रहेको हिंसामा परी दुई लाखभन्दा बढी व्यक्तिको निधन भएको छ । - एएफपी

Death syiriya attact Turkey

विशेष