विदेश
जापानमा सामुन्द्रीक आँधीमा परी ११ काे मृत्यु
बुधबार, १५ भदौ २०७३ गते प्रकाशित

भदौ १५ । जापानको उत्तरपूर्वी एक भुभागमा गएको समुन्द्री आँधीका कारण ११ जनाको ज्यान गएको छ । अन्य ३ जना अझै बेपत्ता रहेको त्यहाँका स्थानिय मिडियालाई उद्रित गर्दे चिनियाँ समाचार संस्था सिन्वाले जनाएको छ ।
मृत्यु हुनेहरू मध्ये ९ जनाको शव उत्तरपूर्वी भुभागको वाइजुमी सहरस्थित एक नर्सिङ होम नजिक फेला परेको स्थानिय प्रहरीले जनाएको छ ।
भूमिसुधार मन्त्रीका अनुसार मंगलबारको भारि वर्षाले ओमोतोगावा नदीको किनार फुटेका कारण सो मानवीय क्षति हुन पुगेको बताएका छन् ।
८० भन्दा बढी मानिसलाई हवाई उद्दार गरि सुरक्षित स्थानमा लगिएको छ ।
सो आँधीका कारण हवाई यातायातमा समेत अवरोध पुगेको थियो । १ सय बढी उडान रोकिएपछि यात्रुहरूले निकै सास्ती खेप्नु परेको थियो ।
-एजेन्सी
Japan