
भदाै - १५ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले बुधबार राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गरेका छन् ।
भेटका अवसरमा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएको सन्दर्भमा दुई देशबीचको ऐतिहासिक, कूटनीतिक सम्बन्ध तथा आपसी सहयोग र हितका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जानकारी दिए ।

सो अवसरमा राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौड्याल, नेपालका लागि जापानका राजदूत मासासी ओगावा तथा उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
rastapati bidhya bhandari
sital niwas