विदेश

सोमालियाको होटलमा विस्फोट १५ को मृत्यु

सोमालियाको होटलमा विस्फोट १५ को मृत्यु
hotel भदाै - १५ । सोमालियाको राजधानी मोगादिसुमा रहेको एक प्रख्यात होटलको बाहिरी इलाकामा जिहादी समूहले गराएको कारबम विस्फोटमा कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । प्रहरी स्रोतले बुधबार बिहान सो जानकारी दिएको छ । विस्फोट गराइएको उक्त इलाका राष्ट्रपति भवनको पनि नजिकै रहेको बताइएको छ । यस आक्रमणमा परी १५ व्यक्तिको मृत्युहुनुको साथै अन्य ४५ जना घाइते भएका प्रहरी प्रमुख बिसार गेदीले बताउनुभएको छ । मङ्गलबार भएको यस आक्रमणमा मारिएका सर्वसाधारण र सुरक्षा अधिकारी रहेका छन् । सो आक्रमणको समयमा त्यहाँ रहेका पत्रकार घाइते भएका बताइएको छ । सुरुमा यस आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य २८ घाइते भएका बताइएको थियो । यो होटेल सोमालीयाली सरकारी कार्यलय, राष्ट्रपति भवन र अन्य मन्त्री निवासको नजिकै पर्ने बताइएको छ । अल कायदासँग आवद्ध साबाब जिहादी समूहले यस आक्रमणको जिम्मा लिएका छन् । यस होटेलमा वरिष्ठ सरकारी अधिकारीहरु, व्यापारी, कुटनितिज्ञजस्ता उच्चस्तरीय अधिकारीको आगमन हुने गरेको बताइएको छ । यस अघि यसैबर्षको फेब्रुअरी र गत वर्षको जनवरीमा पनि यस होटेलमा आक्रमण भएको थियो । रासस÷एएफपी

hotel blast Somaliya

विशेष