निर्वाचनको तयारीबारे जानकारी दिन सर्वोच्चको आदेश

भदौ - १५ । सर्वोच्च अदालतले परिवर्तित अवस्थामा स्थानीय निकायको निर्वाचनको तयारीबारे जानकारी दिन सरकार र निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठ र हरिकृष्ण कार्कीको संयुक्त इजलासले बुधबार परिवर्तित अवस्थामा स्थानीय निर्वाचनको तयारीबारे जानकारी दिन आदेश दिएको छ ।
अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीलगायतले गत वैशाख २१ गते स्थानीय निकायको निर्वाचनको मिति जतिसक्दो छिटो तोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। रासस
Adalat
