विमानस्थल रन वे को पिच उक्केकाे उक्कै
भदौ १६ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको थ्रेसहोल्ड (अन्तिम स्थानको सेतो रेखा) आसपास र दुइटा ट्याक्सी–वे (धावनमार्ग छिर्ने बाटो) को पिच उप्किदा बुधबार आन्तरिक र बाह्य हवाई सेवा करिब एक घन्टा अवरुद्ध भयो ।
विमानस्थल स्रोतका अनुसार, टर्निङ प्याड (जाहाज घुम्ने मोड) भनिने कोटेश्वरतर्फको थ्रेसहोल्ड नजिकै अपराहन्न दुई वर्गफिट क्षेत्रफलमा करिब एक इन्च गहिरो पिच उप्किएपछि ३३ मिनेट हवाई सेवा नै अवरोध भएको थियो । त्यसबेला अन्तर्रा्ष्ट्रिय गन्तव्यबाट काठमाडौं आइरहेका विमानले आकासमै होल्ड गर्नुपरेको थियो भने आन्तरिक रुटको उडान तालिका प्रभावित भयो । विमानस्थल बन्द भएका कारण निजगढको आकासमाथी होल्डमा बसेर ५ फन्को लगाइसकेको दिल्लीबाट आएको जेट एयरवेजको जहाज बनारस विमानस्थलतर्फ पठाइएको थियो ।
‘एटीसीले खबर पाएको ४३ मिनेटपछी जब ट्राफिक कम भयो, प्राविधिकहरुले अल्कत्रा तताउँदै पिच उप्केको भागमा मिक्स हाल्दै बनाउन थाले, यसरी पिच टाल्न ३३ मिनेट लाग्यो,’ स्रोतले भन्यो । त्यसैगरी बुधबार जहाज घुम्ने थ्रेसहोल्ड नजिकैको टर्निङ्ग प्याड आसपास र त्यहा छिर्ने चार नम्बरमा रहेको डेल्टा र ५ नम्बरमा रहेको इको ट्याक्सी–वे को पिच पनि भत्किएको थियो ।
पछिल्ला दिनहरुमा रातभर पानी पर्ने र दिनभर टन्टलापुर घाम लाग्नाले पिच उप्किनेक्रम बढेको विमानस्थलका एक निर्देशकले बताए । ‘१५ दिन जती भइसक्यो कहिले चार नम्बरमा रहेको डेल्टा, कहिले ५ नम्बरमा रहेको इको ट्याक्सी–वे भत्केको भत्कै छ,’ ती अधिकारीले भने । डेल्टा र ईको ट्याक्सी–वे धावन मार्ग छिर्ने जहाजका दुइटा बाटा हुन । घामपानीले यसपटक यी दुई स्थानमा अत्याधिक असर र्पुयाइरहेको छ । मंगलबार मात्रै एयर अरबियाको विमान धावनमार्गमा पस्न नपाउदै पहिलो नम्बरको ट्याक्सी–वे (अल्फा) मा फस्यो ।
‘पिच नै कमोजार भएको र भत्किएकाले जहाजको पाङग्रा नै भासियो,’ स्रोतले भन्यो, ‘पछि नेपाल वायु सेवा निगमको टोबार ट्याक्टरले जहाजलाई तानेर धावनमार्गसम्म र्पुयाउनु र्पयो ।’ उक्त विमान एक घन्टा ढिलो गरी उडेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पिच उप्किने क्रम बढेपछी विमानस्थल व्यवस्थापनले द्रुत गतीमा मर्मत गर्ने संयन्त्र बनाउन लागेको बताए ।
कान्तिपुर TIA Nepal