जहाँ महिलाले शासन चलाउछन्
मकवानपुर । मकवानपुरमा यस्तो समुदाय छ, जहाँ महिला ‘शासन’ चलाउँछन् भने पुरुष घरायसी काममा व्यस्त बन्ने गरेका छन् । वनकरिया जातिमा पुरुषभन्दा महिला अगाडि छन् । वनकरिया समुदायका पुरुष चुलोचौका र जंगल छाडेर अन्यत्र जान रुचाउँदैनन्।देशमा पुरुषबाट महिलापछि परे भन्दै हरेक क्षेत्रमा पुरुषसरह महिला सहभागिताको कुरा चलिरहेको छ ।
तर, वनकरिया वस्तीमा महिलाभन्दा पुरुष पछि परेको गुनासो गर्छन् । पुरुषहरु भन्दा महिला अगाडि छन् । वनकरिया समुदायका पुरुषहरु चुलोचौका र जंगल छाडेर अन्यत्र जान अझै पनि रुचाउँदैनन, लजाउँछन् ।आफूहरुको हकअधिकारको विषयमा सदरमुकाम हेटौंडामा आएर कुरा राख्नुपर्यो भन्दा पुरुषहरु लजाउँदै घरभित्र पस्छन् भने गाउँका हरेक काममा महिला मूली हुन्छन् ।
Nankariya