ताजा खबर विदेश

दैनिक के गर्छन् पुटिन

दैनिक के गर्छन् पुटिन

Putin

भदौ १६ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जीवनशैलीबारे अत्यन्त कम जानकारी सञ्चारमाध्यममा आएका छन् । उनको दैनिकी, रुचिबारे समय–समयमा चर्चा भए पनि खासै जानकारी आउँदैनन् । तर, मिडियाका लागि उनका आनीबानी सधैँ ‘हट केक’ बन्छन् । बेलायती अनलाइन पोर्टल इन्डिपेनडेन्टडटकोडटयुकेले पुटिनको जीवनशैली तयार पारेको छ ।

ढिलो उठ्छन, फलफूल खान्छन्

पुटिन बिहान ढिलो उठ्छन् । उठ्नेबित्तिकै उनलाई चिज चाहिन्छ । ‘अमलेट’ र खीर पनि उनी नियमित खान्छन् । त्यसपछि बल्ल फलफूलको जुस खान्छन् पुटिन । अन्तिममा उनलाई सधैँ कफी चाहिन्छ । उनका सबै खाद्यान्न रुसका धार्मिक नेता प्याट्रियार्क किरिलको ‘फार्म’बाट आउँछ ।

स्विमिङ पुलमा

राजनीतिक योजना पुटिन दैनिक कम्तिमा पनि तीन घन्टा कसरतमा बिताउँछन् । ‘ब्रेकफास्ट’पछि उनी पौडिन जान्छन् । पौडन ‘स्विमिङ पुल’ पुग्दा पुटिन रुसका अधिकांश राजनीतिक योजना पनि बनाउँछन् । उनका सल्लाहकारका अनुसार ‘स्विमिङ पुल’मा पौडँदै पुटिन योजना सुनाउँछन, उनका सहयोगी टिप्छन् । त्यसपछि पुटिन ‘जिम’ जान्छन् । त्यहाँ उनी ‘वेट लिफ्टिङ’ गर्छन् ।

एक घन्टाजसो ‘जिम हाउस’मा बिताएपछि पुटिन आवश्यक स्फूर्ति पाएको प्रतिक्रिया दिन्छन् । इन्टरनेट चलाउँदैनन् जिमबाट फर्केपछि पुटिन पढ्न रुचाउँछन् । किताब समात्छन् । तर, उनी पत्रपत्रिका खासै हेर्दैनन् । ऐतिहासिक पुस्तकहरू उनको रोजाइमा पर्छन् । त्यस्तै, कविता र ‘फिक्सन’ पनि उनको रोजाइमा पर्छ । तर, उनी ‘सिरिज’हरू मन पराउँदैनन् ।

प्रविधिबारे विशेष चासो दिने पुटिन इन्टरनेट भने चलाउँदैनन् । इन्टरनेटमा धेरै भ्रम हुन्छन् भन्ने उनको मान्यता छ । पहिले प्रस्ट भइसकेको विषयलाई पनि ‘कन्फ्युज’ गर्ने भएकाले पुटिनले इन्टरनेटलाई महत्त्व नदिएको उनका सल्लाहकारले बताएका छन् ।

Puin

विशेष