News

राजाको शालिक राख्ने क्रममा नेपालगञ्जमा प्रहरी र युवाबिच झडप

राजाको शालिक राख्ने क्रममा नेपालगञ्जमा प्रहरी र युवाबिच झडप

Salik

भदौ १६ । नेपालगञ्जमा पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहको शालिक राख्ने क्रममा प्रहरी र युवाहरुबीच झडप भएको छ । झडपपछि बाँकेको नेपालगञ्ज तनावग्रस्त छ । राष्ट्रवादी युवा समूहले बिहीबार धम्बोजीमा वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसका बाबजुद युवाहरुले राजाको शालिक राखिसकेका छन् ।

नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्रको पूर्ण कदको शालिक थियो । दोस्रो जनआन्दोलनमा सो शालिक भत्काइएको थियो । त्यसपछि सो स्थानमा राष्ट्रिय झण्डा राखिएको थियो । झण्डा झुत्रो भयो भनेर फेर्न गएका युवाहरुले एक्कासी वीरेन्द्रको अर्धकदको शालिक राख्न खोजेपछि प्रहरीले रोक्न खोजेको थियो । प्रहरीसँगको झडपमा केही युवा घाइते भएका छन् ।

King Birendra Nepali King

विशेष