अपराध सुरक्षा ताजा खबर News

चितवन राष्ट्रिय निकुञ्ज भित्र १० वटा सिसी क्यामरा जडान

चितवन राष्ट्रिय निकुञ्ज भित्र १० वटा सिसी क्यामरा जडान

Cc camara

भदौ १६ । चितवन राष्ट्रिय निकुञ्जले मुख्य कार्यालय कसरादेखि नवलपरासीको अमलटारीसम्मका राप्ती र नारायणी नदीका महत्वपूर्ण १० ठाउँमा सिसी क्यामेरा जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको टिकौलीमा यसअघि जडान गरिएका सिसी क्यामेरा प्रभावकारी देखिएपछि ती संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका हुन् ।

विश्व वन्यजन्तु कोषको आर्थिक सहयोग र नेपाली सेनाको मुख्यालयको प्राविधिक सहयोगमा सिसी क्यामेरा जडान गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए । सिसी क्यामेराले ती क्षेत्रमा मानिस र वन्यजन्तुको आवागमन अनुगमन गर्न सहज हुने भएको छ ।

निकुञ्ज प्रशासनले कुन कुन ठाउँमा सिसी क्यामेरा रहेको सार्वजनिक भने गरेको छैन । सोलारमार्फत सिसी क्यामेरा चार्ज हुने गरी जडान गरिएको कँडेलले बताए । निकुञ्जले सिसी क्यामेरा राखेका क्षेत्र वन्यजन्तुको आवतजावत बढी हुने र चोरीसिकारीको बढी नजर पर्ने स्थानहरु हुन् ।

यसअघि टिकौलीमा १० वटा सिसी क्यामेरा जडान गरेपछि वन्यजन्तुलाई ठक्कर दिने गाडीको पहिचान र शौच कार्यमा कमी आएको छ । वन क्षेत्रमा फोहर फाल्नेहरु पनि निरुत्साहित भएका छन्

CC Camara

विशेष